गण्डकी प्रदेशमा थपिए ५९ जना कोरोना संक्रमित
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • गण्डकी

    गण्डकी प्रदेशमा थपिए ५९ जना कोरोना संक्रमित

    खबरपुञ्ज संवाददाता

    २२ भाद्र २०७७, मंगलवार

    पाेखरा : गण्डकी प्रदेशमा पछिल्लो २४ घण्टामा ५९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । मंगलबार बिहान सार्वजनिक विवरण अनुसार विभिन्न जिल्लाका ५९ जना संक्रमण पुष्टि भएको हो ।

    भरतपुर अस्पताल, चितवन र चितवन मेडिकल कलेज, चितवन र पोखरा स्वास्थ्य बिज्ञान प्रतिष्ठान, पोखरा गरिएको परिक्षणमा गण्डकी प्रदेशमा थप ५९ जनामा संक्रमण पुष्टि भएको हो ।

    संक्रमितहरु गोरखाका १० जना, कास्कीका ३१ जना, तनहुँका ३ जना, बागलुङका ९ जना र नवलपरासी पूर्वका ६ जना रहेका छन् । मङ्गलबार संक्रमण पुष्टि हुनेमा पोखरा महानगरपालिकामा रहेको गण्डकी मेडिकल कलेजमा उपचाररत बिरामी छन् । २७ बर्षीया महिला पार्कल्याण्ड अस्पतालकी चिकित्सक हुन् ।

    त्यस्तै पोखरा महानगरपालिकामा रहेको पोखरा फुड्स प्रा.लि.मा कार्यरत २० जना महिला र ४ जना पुरुष छन् । अन्य संक्रमित कन्ट्र्याक्ट ट्रेसिङ पहिचान भएका हुन् ।