पोखरामा ७३ वर्षीया महिलाको कोरोनाबाट निधन
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • गण्डकी

    पोखरामा ७३ वर्षीया महिलाको कोरोनाबाट निधन

    खबरपुञ्ज संवाददाता

    २२ भाद्र २०७७, मंगलवार

    पोखरा : पोखरामा मङ्गलबार ७३ वर्षीया महिलाको कोरोना सङ्क्रमणबाट निधन भएको छ । पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचाररत पोखरा महानगरपालिका-१० निवासी महिलाको दिउँसो ३:५० बजे निधन भएको प्रतिष्ठानले जनाएको छ ।

    भदौ २२ गते सङ्क्रमण भएर आइसियुमा उपचाररत महिलाको निधन भएको प्रतिष्ठानका सह प्राडा अर्जुन आचार्यले जानकारी दिनुभयो । प्रतिष्ठानमा कोरोना सङ्क्रमणबाट निधन हुनेको सङ्ख्या नौ जना पुगेको छ भने गण्डकी प्रदेशमा २१ जना पुगेको छ ।

    फाइल तस्वीर