


पोखरा : गण्डकी प्रदेशमा कोरोना सङ्क्रमणबाट मृत्यु हुनेको सङ्ख्या २२ पुगेको छ । मङ्गलबार नवलपुरको देवचुली नगरपालिका-१ का ६४ वर्षीय पुरुषको उपचारको क्रममा भरतपुर अस्पतालमा मृत्यु भएसँगै प्रदेशमा कोरोना सङ्क्रमणबाट मृत्यु हुनेको सङ्ख्या २२ पुगेको हो ।
उक्त पुरुष लामो समयदेखि मिर्गौला फेल भई डायलासिस गराइरहेकी थिए । खोकी र श्वासप्रश्वासमा समस्या भई आइसियुमा उपचाररत उनलाई भदौ १७ गते कोरोना सङ्क्रमण पुष्टि भएको थियो ।
फाइल तस्वीर