


पोखरा : गण्डकी प्रदेशमा थप ११ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । प्रदेश स्वास्थ्य निर्देशनालयले बुधबार विहान दिएको जानकारी अनुसार संक्रमण पुष्टि हुनेमा कास्कीका ९ जना छन् भने बाग्लुङ र नवलपरासी पूर्व नवलपुरका एक-एकजना छन् ।
योसँगै गण्डकी प्रदेशमा कुल संक्रमितको संख्या २६७२ पुगेको छ ।क्षयरोग उपचार केन्द्रमा गरिएको परीक्षणमा कास्कीको पोखरा महानगरपालिका वडा नं ६ का दुई महिला र १४ का दुई पुरुषमा संक्रमण पुष्टि भएको छ भने वडा नं ७, ८ र १७ का एक-एकजना पुरुष तथा वडा नं १३ की एकजना महिलामा पनि संक्रमण देखिएको छ । एकजना संक्रमित पुरुषको भने वार्ड खुलेको छैन ।
तीमध्ये पोखरा-१३ की संक्रमित महिला साउदी अरेबियाबाट, पोखरा-१७ का पुरुष र वार्ड नखुलेका पुरुष भारतबाट आएर क्वारेन्टाइनमा बसेका व्यक्तिहरु हुन् । अन्य सबै संक्रमित कन्ट्याक्ट ट्रेसिङबाट पहिचान भएका हुन् ।
बाग्लुङको तमानखोलाका २६ वर्षीय पुरुषमा पनि कोरोना संक्रमण देखिएको छ । चितवन मेडिकल कलेजमा गरिएको परीक्षणमा नवलपुरको गैंडाकोट १ का ५४ वर्षीय पुरुषमा पनि जनामा संक्रमण पुष्टि भएको छ ।