


तनहुँ : तनहुँको देवघाट गाउँपालिका-२ नरममा कुखुरा बोकेको जीप बुधबार दुर्घटना हुँदा दुई घाइते भएका छन् । दमौलीबाट भीमाद हुँदै लेस कुखुरा बोकेर देवघाट जॉदै गरेको ना ५ च १४९ नम्बरको जीप सडकबाट २/३ सय मिटर तल खोल्सामा चालक र सहचालक घाइते भएका हुन् ।
घाइते हुनेहरुमा जीप चालक भरतपुर महानगरपालिका-२८ बस्ने २२ वर्षीय राजु कुमाल र सहचालक सोही ठाउँ बस्ने ३२ वर्षीय अमित कुमाल रहेको प्रहरीले जनाएको छ ।