तनहुँमा थपिए तीन कोरोना सङ्क्रमित
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    तनहुँमा थपिए तीन कोरोना सङ्क्रमित

    खबरपुञ्ज संवाददाता

    २४ भाद्र २०७७, बिहीबार

    तनहुँ : तनहुँको भीमाद नगरपालिकामा बिहीबार तीन कोरोना सङ्क्रमित थपिएका छन् । क्षयरोग उपचार केन्द्र पोखरामा गरिएको परीक्षण अनुसार भीमादका तीन पुरुषमा कोरोना सङ्क्रमण पुष्टि भएको हो ।

    स्वास्थ्य निर्देशनालयले जारी गरेको विवरण अनुसार भीमाद नगरपालिका-१ का २८,२२,२२ वर्षीय पुरुषमा कोरोना सङ्क्रमण पुष्टि भएको छ ।

    त्यस्तै कास्कीमा १९, बागलुङमा ९, पर्वतमा एक, स्याङ्जामा १२ र नवलपुरमा ५ जनामा कोरोना पुष्टि भएको छ । कास्की जिल्ला, पोखरा महानगरपालिका-१५ का २३ बर्षीय महिला पश्चिमान्चल सामुदायिक अस्पताल, पोखरामा कार्यरत स्टाफनर्स हुनुहुन्छ भने पोखरा महानगरपालिका-३२ का ५० बर्षीय पुरुष सोहि अस्पतालमा उपचाररत हुनुहुन्छ | पोखरा महानगरपालिका-१९ का २२ बर्षीय पुरुष पोखरामा र पर्वतका २८ बर्षीय पुरुष कुश्मा, पर्बतमा नेपाल प्रहरीमा कार्यरत हुनुहुन्छ | बाग्लुङ जिल्ला, जैमिनीका ५१ वर्षीया महिला पोखरा महानगरपालिकामा रहेको फेवासिटी अस्पतालमा उपचाररत हुनुहुन्छ भने अन्य सबै विदेशबाट आएर क्वारेन्टाइनमा रहनुभएको छ | अन्य सबै संक्रमित व्यक्तिहरु कन्ट्याक्ट ट्रेसिङबाट पहिचान हुनुभएको हो |