छतबाट खसेर महिलाको मृत्यु
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • व्यास

    छतबाट खसेर महिलाको मृत्यु

    खबरपुञ्ज संवाददाता

    २५ भाद्र २०७७, बिहीबार

    तनहुँ : तनहुँको व्यास नगरपालिका–१ भादगाउँमा गएराति घरको छतबाट खसेर एक महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा ३० वर्षीया मन्जु भुजेल रहेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ ।

    घरको तीन तलाको छतबाट खसेर घाइते भएकी उनलाई राति नै दमौली अस्पताल पु¥याइएपनि चिकित्सकले मृत घोषणा गरेका थिए । घटना सम्बन्धमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।