पाेखरा : गण्डकी प्रदेशमा शनिबार बिहान ४५ कोरोना सङ्क्रमित थपिएका छन् । स्वास्थ्य निर्देशनालयले सार्वजनिक गरेको विवरण अनुसार कास्की, गोरखा र नवलपुरमा गरी ४५ सङ्क्रमित थपिएका हुन् ।
कास्कीमा १०, गोरखामा एक र नवलपुरमा ३४ सङ्क्रमित थपिएको स्वास्थ्य निर्देशक डा. विनोदविन्दु शर्माले जानकारी दिनुभयो । उहाँका अनुसार कास्कीमा १०, गोरखामा एक र नवलपुरमा ३४ सङ्क्रमित थपिएका छन् । सबै कन्ट्याक्ट ट्रेसिङबाट पहिचान भएका हुन् ।
थपिएका सङ्क्रमित कास्कीको पोखरा महानगरपालिका, गोरखाको आरुघाट गाउँपालिका र नवलपुरको देवचुली नगरपालिकाका छन् । योसँगै गण्डकी प्रदेशमा कोरोना सङ्क्रमितको सङ्ख्या २ हजार ८ सय ६५ पुगेको छ ।