गोरखाका पुरुषको काठमाडौमा कोरोनाबाट मृत्यु
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • गण्डकी

    गोरखाका पुरुषको काठमाडौमा कोरोनाबाट मृत्यु

    खबरपुञ्ज संवाददाता

    २६ भाद्र २०७७, शनिबार

    गोरखा : कोरोना भाइरस (कोभिड-१९) को संक्रमणबाट गोरखाका एक पुरुषको मृत्यु भएको छ ।

    भीमसेन थापा गाउँपालिका-३ का ४५ बर्षीय पुरुषको त्रिवि शिक्षण अस्पताल, महारागजञ्जमा मृत्यु भएको हो । उनी मृगौलासम्बन्धी रोगको उपचारका लागि उनी भदौ २१ गते काठमाडौं गएका थिए ।

    शिक्षण अस्पतालमा उपचारको क्रममा २३ गते कोरोना पुष्टि भएको र शनिबार मृत्यु भएको स्वास्थ्य कार्यालय, गोरखाका सूचना अधिकारी राजुरमण न्यौपानेले बताउनुभयो ।