नयाँ शहर आयोजनाको भवनमा भानु नगरपालिकाको कार्यालय
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    नयाँ शहर आयोजनाको भवनमा भानु नगरपालिकाको कार्यालय

    खबरपुञ्ज संवाददाता

    २७ भाद्र २०७७, आईतवार

    तनहुँ : तनहुँको भानु नगरपालिकाको कार्यालय भानु नगरपालिका–१ भन्सार स्थित नयाँ शहर आयोजनाको भवनमा रहने भएको छ । आयोजनाको कार्यालय भवन तथा संरचना भानु नगरपालिकाले पनि प्रयोग गर्ने गरी विभिन्न शर्तहरुको अधिनमा रही नगरपालिकाको कार्यालयलाई उपलब्ध गराउने निर्णय भएको छ ।

    शहरी विकास मन्त्रालयको भदौ २१ गतेको निर्णय अनुसार आयोजनाको भवन नगरपालिकाको प्रयोगका लागि दिने निर्णय भएको मन्त्रालयका शाखा अधिकृत ऋषिराम भट्टराईले जानकारी दिनुभयो ।

    आयोजनाले सो भवन अधिकतम तीन वर्षका लागि नगरपालिकाले समेत प्रयोग गर्ने गरी उपलब्ध गराउनेछ । दुईतलाको भवनको भुइँतल्ला नगरपालिकाले प्रयोग गर्ने र पहिलो तल्ला नयाँ शहर आयोजनाले प्रयोग गर्ने तथा कार्यालय प्रयोग गर्दाको धारा, बिजुली लगायतका भवन सञ्चालनका अन्य खर्च नगरपालिकाले समेत व्यहोर्नुपर्नेछ ।

    नगरपालिकाको कार्य प्रवाहले आयोजनाको कार्य प्रभावित हुन नहुने र नगरपालिकालाई भवन उपलब्ध गराउँदा आयोजना कार्यालयका कर्मचारी आवास प्रयोजनाका लागि अन्यत्र बस्नुपर्ने परिस्थिति आउने भएकाले नगरपालिकाले आयोजनाको कर्मचारीको आवासको भाडा उपलब्ध गराउनुपर्ने शर्त राखिएको छ ।

    भानु नगरपालिकाले केही समय अगाडी नगरपालिकाको कार्यालय भन्सारमा सार्ने निर्णय गरेको थियो । तर केही असन्तुष्ट पक्षले भने नगरपालिकाको कार्यालय अन्यत्र सार्न नपाइने भन्दै आन्दोलन गरेका थिए । हाल भानु नगरपालिकाको कार्यालय वडा नं २ को फुस्रेटारमा सञ्चालित छ ।