तनहुँको व्यास र म्याग्देमा थपिए पॉच कोरोना सङ्क्रमित
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    तनहुँको व्यास र म्याग्देमा थपिए पॉच कोरोना सङ्क्रमित

    खबरपुञ्ज संवाददाता

    २७ भाद्र २०७७, आईतवार

    तनहुँ : तनहुँमा आइतबार पॉच जना कोरोना सङ्क्रमित थपिएका छन् । गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले सार्वजनिक गरेको विवरण अनुसार तनहुँका चार पुरुष र एक महिलामा कोरोना पुष्टि भएको हो ।

    प्रदेश जनस्वास्थ्य प्रयोगशालामा गरिएको परीक्षण अनुसार व्यास नगरपालिकाका एक र म्याग्दे गाउँपालिकाका चार जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । व्यास नगरपालिका-४ का ४३ वर्षीय पुरुष, म्याग्दे गाउँपालिका-४ का ३० वर्षीय पुरुष, वडा नं ६ का २५ वर्षीया महिला, वडा नं १ का २० र २९ वर्षीय पुरुषमा कोरोनासङ्क्रमण पुष्टि भएको छ । सबैलाई आइसोलेशन केन्द्रमा लैजाने तयारी गरिएको छ ।