आगामी २४ घण्टामा तनहुँका नदीमा आकस्मिक बहाव हुन सक्ने
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    आगामी २४ घण्टामा तनहुँका नदीमा आकस्मिक बहाव हुन सक्ने

    खबरपुञ्ज संवाददाता

    २७ भाद्र २०७७, आईतवार

    तनहुँ : तनहुँका नदी तथा खोलाहरुमा आकस्मिक बहाव हुन सक्ने अनुमान गरिएको छ । बाढी पूर्वानुमान महाशाखाले आइतबार बिहान सार्वजनिक गरेको विवरण अनुसार आगामी २४ घण्टामा नदी तथा खोलाहरुमा आकस्मिक बहाव हुन सक्ने अनुमान गरेको हो ।

    महाशाखाले नदी तथा तटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन आग्रह गरेको छ । तनहुँ सहित गण्डकी प्रदेशको गोरखा, लमजुङ, कास्की, म्याग्दी, पर्वत, बागलुङ, स्याङ्जा र नवलपुरका नदीमा समेत आकस्मिक बहाव हुन सक्ने पूर्वानुमान गरिएको छ ।