आज कति छ सुनचाँदीकाे भाउ ?
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • आर्थिक

    आज कति छ सुनचाँदीकाे भाउ ?

    खबरपुञ्ज संवाददाता

    २८ भाद्र २०७७, आईतवार

    काठमाडाै : नेपाली बजारमा आज सुन चाँदीको मूल्य स्थिर छ । आज सुन ९६ हजार ५ सयमा कारोबार भइरहेको छ । गत हप्ता आइतबार तोलामा ३ सयले घट्दै सुन ९६ हजार १ सयमा कारोबार भयो । सोमबार पनि सोही मूल्यमा कारोबार भइरहेको सुन मंगलबार पुनः ३ सयले घटेको थियो ।

    बुधबार भने एकै दिन ६ सयले बढ्दै सुन ९६ हजार ४ सयमा कारोबार भएको थियो । विहिबार सुन ९६ हजार ८ सयमा कारोबार भयो भने शुक्रबार ९६ हजार ५ सयमा कारोबार भएको थियो ।

    नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज तेजावी सुनको मूल्य ९६ हजार निर्धारण गरिएको छ । त्यस्तै, चाँदीको मूल्य आज प्रतितोला १,३१० कायम रहेको महासंघले जनाएको छ ।