चितवनमा परीक्षण गर्दा व्यासका युवामा देखियो कोरोना
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • व्यास

    चितवनमा परीक्षण गर्दा व्यासका युवामा देखियो कोरोना

    खबरपुञ्ज संवाददाता

    २७ भाद्र २०७७, आईतवार

    तनहुँ : चितवन मेडिकल कलेजको कोभिड प्रयोगशालामा परीक्षण गर्दा तनहुँको व्यास नगरपालिकाका एक युवामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । भदौ २७ गते गरिएको स्वाब परीक्षण अनुसार व्यास नगरपालिका–४ का २८ वर्षीय युवामा कोरोना सङ्क्रमण पुष्टि भएको हो ।

    चितवन मेडिकल कलेजका डा. नविनकुमार चौधरीका अनुसार भदौ २७ गते ९४ वटा नमूना परीक्षण गरिएकामा व्यासका युवा सहित चितवनको भरतपुर महानगरपालिकाका ११, नवलपुरको गैडाकोट नगरपालिकाका एक, देवचुली नगरपालिकाका तीन र तनहुँको व्यास नगरपालिकाका एक जनामा सङ्क्रमण पुष्टि भएको छ ।