थप १ हजार ३९ कोरोना संक्रमित थपिए
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • देश

    थप १ हजार ३९ कोरोना संक्रमित थपिए

    खबरपुञ्ज संवाददाता

    २८ भाद्र २०७७, आईतवार

    काठमाडाै : नेपालमा पछिल्लो २४ घण्टामा थप १ हजार ३९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। आइतबारको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता प्राडा जागेश्वर गौतमले देशभरमा थप १ हजार ३९ जनामा कोरोना संक्रमण पुष्टि भएको बताउनुभयाे ।

    प्रवक्ता गौतमका अनुसार आज देशभरमा सक्रिय संक्रमितको संख्या १५ हजार ११७ रहेको छ। पछिल्लो २४ घण्टामा थप ९ हजार १६५ जनाको पीसीआर परीक्षण गरिएको भने अहिलेसम्म ८ लाख ४० हजार ५२७ पीसीआर परीक्षण गरिएको छ। त्यस्तै पछिल्लाे २४ घण्टामा थप १ हजार १७३ जना कोरोना संक्रमित निको भएका छन्। योसँगै निको हुनेको संख्या ३८ हजार ६९७ पुगेको छ।