गाजा सहित समातिए दुई कारोवारी
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • आँबुखैरेनी

    गाजा सहित समातिए दुई कारोवारी

    खबरपुञ्ज संवाददाता

    २७ भाद्र २०७७, आईतवार

    तनहुँ : जिल्ला प्रहरी कार्यालय तनहुँले लागुऔषध सहित दुई युवालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा कास्कीको पोखरा महानगरपालिका-२६ बस्ने २८ वर्षीय सुमन सुनार र धादिङको त्रिपुरासुन्दरी गाउँपालिका-१ घर भई पोखरा महानगरपालिका-२९ बस्ने राठोर भन्ने बिक्रम गिरी रहेको प्रहरीले जनाएको छ ।

    आँबुखैरेनी गाउँपालिका-४ पुलजीपमा ग ४ प ७०५९ नम्बरको मोटरसाईकल चेकिङ गर्दा सुमन लागुऔषध सहित पक्राउ परेको प्रहरी नायब उपरिक्षक युवराज तिमिल्सनाले जानकारी दिनुभयो । प्रहरीले निजले बोकेको झोलाभित्र लुकाई राखेको ४ किलो ७५ ग्राम गाजा बरामद गरेको छ ।

    उनलाई नियन्त्रणमा लिई सोधपुछ गर्दा लागुऔषध कारोवारमा विक्रमको पनि संलग्नता रहेको खुलेपछि प्रहरीले विक्रमलाई व्यास नगरपालिका-१२ छिर्कनेबाट पक्राउ गरेको छ ।

    दुवै जना विरुद्ध जिल्ला अदालत तनहुँबाट आइतबार सात दिनको म्याद थप गरी अनुसन्धान भइरहेको छ ।