तनहुँ : कोरोना सङ्क्रमणमुक्त बनेको तनहुँको ऋषिङ गाउँपालिकामा सोमबार एकैदिन ११ सङ्क्रमित थपिएका छन् । गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले सोमबार सार्वजनिक गरेको विवरण अनुसार ऋषिङ गाउँपालिका–२, ३, ४, ५, ६ र ८ का ११ पुरुषमा कोरोना सङ्क्रमण पुष्टि भएको हो ।
ऋषिङ गाउँपालिका–२ का १८, २०, २६, ५२, ऋषिङ गाउँपालिका–३ का ३८, ऋषिङ गाउँपालिका–४ का २०, ऋषिङ गाउँपालिका–५ का २२, २८, १९, ऋषिङ गाउँपालिका–६ का २० र ऋषिङ गाउँपालिका–८ का ५१ वर्षीय पुरुषमा कोरोना सङ्क्रमण पुष्टि भएको हो ।
सङ्क्रमितमध्ये दुई जना बाहिरबाट आएका हुन् भने बाँकी सबै स्थानीय हुन् । ऋषिङ गाउँपालिकामा शुरुमा विदेशबाट आउनेलाई मात्रै कोरोना सङ्क्रमण देखिएको थियो । ऋषिङ गाउँपालिकाका ७ सय ४१ जनाको स्वाब परीक्षण गरिएकामा ४८ जना सङ्क्रमित भएका थिए । सबै जना निको भएर घर पनि गइसकेका थिए ।