पाेखरा : गण्डकी प्रदेशमा काेराेना सङ्क्रमणबाट थप एक जनाकाे मृत्यु भएकाे छ । मृत्यु हुनेमा पाेखरा महानगरपालिकाका ७० वर्षीय पुरुष रहेकाे स्वास्थ्य निर्देशनालयले जनाएकाे छ ।
क्यान्सर राेगी ती पुरुषकाे मणिपाल अस्पतालमा साेमबार राति ११:२० बजे मृत्यु भएकाे स्वास्थ्य निर्देशक डा. विनाेदविन्दु शर्माले जानकारी दिनुभयाे । भदाै २५ गते अस्पताल भर्ना हुनुभएका उहाँलाई भदाै २८ गते काेराेना सङ्क्रमण पुष्टि भएकाे थियाे ।
याेसँगै गण्डकी प्रदेशमा काेराेना सङ्क्रमणबाट निधन हुनेकाे सङ्ख्या ३१ पुगेकाे छ ।