सार्वजनिक यातायात सुचारु : एक पङ्क्तिको सिटमा एक यात्रु मात्रै, सबैलाई मास्क अनिवार्य
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    सार्वजनिक यातायात सुचारु : एक पङ्क्तिको सिटमा एक यात्रु मात्रै, सबैलाई मास्क अनिवार्य

    खबरपुञ्ज संवाददाता

    ३१ भाद्र २०७७, बिहीबार

    तनहुँ : सरकारको निर्णय बमोजिम बिहीबारदेखि सार्वजनिक यातायात सञ्चालनमा आएको छ । कोभिड-१९ का कारण विगत ६ महिनादेखि बन्द रहेका सार्वजनिक यातायातका साधन आजदेखि सञ्चालनमा आएको हो ।

    जिल्ला प्रशासन कार्यालय तनहुँले यातायात सञ्चालन गर्दा भौतिक दूरी कायम हुने गरी एक पङ्क्तिको सिटमा एक जना मात्र यात्रु राख्न आग्रह गरेको छ । बिहीबार प्रेस विज्ञप्ती मार्फत् कार्यालयले सिटमा बाहेक यात्रु नराख्न सचेत गराएको छ ।

    सहायक प्रमुख जिल्ला अधिकारी चित्राङ्गत बरालले यात्रा गर्ने सबैलाई मास्क अनिवार्य गरिएको जानकारी दिनुभयो । यात्र चढ्ने सवारीको ढोकामा र सवारी साधनभित्र स्यानीटाइजर अनिवार्य गर्न, चालक तथा सहचालकलाई मास्क, पन्जा लगाउन अनिवार्य गरिएको छ ।

    यो व्यवस्था लागु रहँदासम्म सार्वजनिक सवारी साधनले तोकिएको भाडादरमा ५० प्रतिशत थप भाडा लिन पाउनेछन् । असोज १ देखि स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले निर्धारण गरेको स्वास्थ्य मापदण्ड पालना गरी होटल, रेष्टुरेन्ट, ट्रेकिङ तथा ट्राभल्स व्यवसाय सञ्चालन गर्न पाईने भएको छ ।