बन्दीपुरमा दुई प्रहरी सहित तीन जनामा कोरोना
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    बन्दीपुरमा दुई प्रहरी सहित तीन जनामा कोरोना

    खबरपुञ्ज संवाददाता

    ३१ भाद्र २०७७, बिहीबार

    तनहुँ : तनहुँको बन्दीपुर गाउँपालिकामा तीन जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । प्रदेश स्वास्थ्य निर्देशनालयले बिहीबार दिउँसो सार्वजनिक गरेको विवरण अनुसार तीन पुरुषमा कोरोना सङ्क्रमण पुष्टि भएको हो ।

    सङ्क्रमण पुष्टि हुनेहरु २५, २१ र २५ वर्षीय पुरुष रहेका छन् । सङ्क्रमितमध्ये दुई जना डुम्रेका प्रहरी र एक जना भारतीय नागरिक रहेको बन्दीपुर गाउँपालिकाका अध्यक्ष पूर्णसिं थापाले जानकारी दिनुभयो ।

    केही समय अगाडी भानुमा सङ्क्रमित एक प्रहरीको सम्पर्कमा आएका दुई जनालाई कोरोना पुष्टि भएको हो । कन्ट्याक्ट ट्रेसिङमा परेदेखि नै ती प्रहरी क्वारेन्टिनमा थिए । भारतीय नागरिक भने चार दिन अगाडी बन्दीपुर आएका थिए । सिकर्मी काम गर्ने उनी तीन साथी सहित बन्दीपुर आएको र उनीहरुलाई आएकै दिन क्वारेन्टिनमा राखिएको थियो ।