पाेखरा : गण्डकी प्रदेशका विभिन्न जिल्लामा शुक्रबार ४१ कोरोना सङ्क्रमित थपिएका छन् । प्रदेश स्वास्थ्य निर्देशनालयले बिहान ८ बजे र ११ बजे सार्वजनिक गरेको विवरण अनुसार स्याङ्जा, नवलपुर, तनहुँ, कास्कीमा कोरोना सङ्क्रमित थपिएका छन् ।
पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान, क्षयरोग उपचार केन्द्र, चितवन मेडिकल कलेज, बिपी कोइराला स्मृति क्यान्सर अस्पतालमा गरिएको परीक्षणमा सङ्क्रमित थपिएको निर्देशनालयले जनाएको छ ।
निर्देशक डा. विनोदविन्दुका अनुसार स्याङ्जाका ठेगाना नखुलेका ५४ वर्षीय पुरुष, नवलपुरको ठेगाना नखुलेका ४, २५ वर्षीय पुरुष र ४५ वर्षीया महिला, गैडाकोट नगरपालिकाका ३०, ६५ वर्षीय पुरुष, २७ वर्षीया महिला, कावासोती नगरपालिकाका २१ वर्षीय पुरुष, देवचुली नगरपालिकाका २१ वर्षीया महिला, तनहुँको देवघाट गाउापालिकाका २७, ५८ वर्षीय पुरुषमा सङ्क्रमण पुष्टि भएको छ ।
त्यस्तै नवलपुरको कावासोती नगरपालिकाका ३२, ३९, २०, ५७, २०, ३८, २६, ४२ वर्षीय पुरुष, ३५ वर्षीया महिला, ३२, ११, ४१ वर्षीय पुरुष, १७, १५ वर्षीया महिला र ३८ वर्षीय पुरुषमा सङ्क्रमण पुष्टि भएको छ । गैडाकोट नगरपालिकाका ७७, ५९, ९, ३५ वर्षीय पुरुष, ५२ वर्षीया महिला, ६६ वर्षीय पुरुष, २१, ६०, २२ वर्षीया महिला, ७० र ४५ वर्षीय पुरुष, तनहुँको शुक्लागण्डकी नगरपालिकाका १६, २१ वर्षीय पुरुष र पोखरा महानगरपालिकाका ३८ वर्षीय पुरुष र ५४ वर्षीया महिलामा सङ्क्रमण पुष्टि भएको छ ।
योसँगै गण्डकी प्रदेशमा कोरोना सङ्क्रमितको सङ्ख्या ३ हजार ३ सय २१ पुगेको छ ।