पाेखरा : कोरोना सङ्क्रमणबाट गण्डकी प्रदेशमा थप एक सङ्क्रमितको मृत्यु भएको छ । नवलपुरको देवचुली नगरपालिका–११ का ३१ वर्षीय पुरुषको कोरोना सङ्क्रमणबाट मृत्यु भएको हो ।
उनको शुक्रबार बिहान १२ः१८ बजे चितवन मेडिकल कलेजमा मृत्यु भएको गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ । भदौ २५ गते अस्पताल भर्ना भएका ती पुरुषलाई भदौ २६ गते कोरोना सङ्क्रमण भएको थियो । ती पुरुषमा जटिल श्वासप्रश्वास तथा मिर्गौला सम्बन्धी रोग रहेको निर्देशनालयको विज्ञप्तीमा उल्लेख छ । यो सँगै गण्डकी प्रदेशमा कोरोना सङ्क्रमणबाट मृत्यु हुनेको सङ्ख्या ३२ पुगेको छ ।
फाइल तस्वीर