व्यासमा थपिए तीन कोरोना सङ्क्रमित
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • व्यास

    व्यासमा थपिए तीन कोरोना सङ्क्रमित

    खबरपुञ्ज संवाददाता

    ३ आश्विन २०७७, शनिबार

    तनहुँ : तनहुँको व्यास नगरपालिकामा तीन जना कोरोना सङ्क्रमित थपिएका छन् । क्षयरोग उपचार केन्द्र पोखरामा गरिएको परीक्षण अनुसार व्यास नगरपालिका–४, ६ र ७ का तीन जनामा कोरोना सङ्क्रमण पुष्टि भएको हो ।

    प्रदेश स्वास्थ्य निर्देशनालयले शनिबार जारी गरेको विवरण अनुसार ३३, ६० र ३९ वर्षीय पुरुषमा कोरोना पुष्टि भएको छ । स्वास्थ्य निर्देशनालयले जारी गरेकाे विज्ञप्तीमा एउटै वडाका तीन जना सङ्क्रमित भनेपनि उनीहरु फरक फरक वडाका व्यक्तिहरु रहेकाे व्यास नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख प्रमाेद साेतीले जानकारी दिनुभयाे ।

    सङ्क्रमितहरुलाई आइसाेलेशनमा ल्याउने तयारी भइरहेकाे साेतीले बताउनुभयाे । व्यास ६ का सङ्क्रमति मदर्शा प्राविकाे क्वारेन्टिनमा, व्यास ४ काे सङ्क्रमित कन्काई बाेर्डिङकाे काेठामा र व्यास ७ का सङ्क्रमित छुट्टै भवनमा बसेका थिए ।