मिर्गौला पीडित रानालाई इनरह्विलको सहयोग
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • व्यास

    मिर्गौला पीडित रानालाई इनरह्विलको सहयोग

    खबरपुञ्ज संवाददाता

    ३ आश्विन २०७७, शनिबार

    तनहुँ : तनहुँको व्यास नगरपालिका–१४ निवासी दुवै मिर्गौला पीडित सन्तोष रानालाई इनरह्विल क्लव अफ दमौलीले आर्थिक सहयोग गरेको छ । दुवै मिर्गौला फेल भई डायलासिस गराइरहनुभएका रानालाई क्लवले आर्थिक सहयोग प्रदान गरेको हो ।

    क्लवका अध्यक्ष आशा बानियाँले मिर्गौला पीडित रानालाई रु २० हजार दुई सय ८५ हस्तान्तरण गर्नुभयो । सबैको सानो सानो सहयोगले मिर्गौला पीडित रानाको जीवन रक्षा हुने भएकाले क्लवको तर्फबाट सहयोग गरिएको बानियाँले जानकारी दिनुभयो ।

    सो क्रममा संस्थाका सचिव शर्मिला श्रेष्ठ, पूर्व अध्यक्ष निर्मला मल्ल, अरुणा श्रेष्ठ, निवर्तमान अध्यक्ष सरु श्रेष्ठ लगायत उपस्थित हुनुहुन्थ्यो । क्लवले राष्ट्रिय बाल दिवसको अवसरमा व्यास नगरपालिका–५ निवासी शारीरिक अपाङ्गता प्रतिमा श्रेष्ठलाई छात्रवृत्ति स्वरुप रु २० हजार एक सय २५ र शैक्षिक सामग्री प्रदान गरेको थियो ।

    गत वर्षदेखि दुवै मिर्गौलाले काम गर्न छाडेपछि रानाले पोखरास्थित फिस्टेल हस्पिटलमा डायलासिस गर्दै आउनुभएको छ । मिर्गौला प्रत्यारोपणका लागि करीब रु २० देखि २२ लाखसम्म खर्च लाग्ने चिकित्सकले बताएपछि रानाले सबैसँग सहयोगको याचना गर्नुभएको छ । रानाको अवस्थाका बारेमा जानकारी पाएपछि देश तथा विदेशमा रकम सङ्कलन अभियान शुरु भएको छ । केही दिन अगाडी मात्रै अमेरिकाका विभिन्न शहरबाट ५ हजार ४ सय ५१ अमेरिकी डलर सङ्कलन भइसकेको छ । त्यस्तै स्थानीय स्तरमा पनि युवा क्लव लगायत सङ्घसंस्थाले मिर्गौला पीडित रानाको उपचारका लागि सहयोग सङ्कलन गरेका छन् ।