देवघाटमा व्याडमिन्टन कोर्ट निर्माण
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • खेलकुद

    देवघाटमा व्याडमिन्टन कोर्ट निर्माण

    खबरपुञ्ज संवाददाता

    ३ आश्विन २०७७, आईतवार

    तनहुँ : तनहुँको देवघाट गाउँपालिका-५ मा व्याडमिन्टन कोर्ट निर्माण गरिएको छ । व्याडमिन्टन खेलतर्फ युवाहरुको आकर्षण बढेपछि व्याडमिन्टन सङ्घले कोर्ट निर्माण गरेको हो ।

    देवघाटमा दुई वटा व्याडमिन्टन कोर्ट सम्पन्न गर्नको लागि करिब रु २ लाख १५ हजार खर्च भएको देवघाट व्याडमिन्टन सङ्घका अध्यक्ष अनिल मिश्रले जानकारी दिनुभयो ।

    उक्त कोर्टको गाउँपालिकाका अध्यक्ष दुर्गबहादुर थापाले उदघाटन गर्दै स्वस्थ रहनका लागि खेलकूदको आवश्यकता रहेको बताउनुभयो । उहॉले खेल क्षेत्रको विकासका लागि गाउँपालिका तयार रहेको प्रतिबद्धता जनाउनुभयो ।