होम आइसोलेशनमा बसेका देवघाटका पॉच निको
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • देवघाट

    होम आइसोलेशनमा बसेका देवघाटका पॉच निको

    खबरपुञ्ज संवाददाता

    ३ आश्विन २०७७, आईतवार

    तनहुँ : तनहुँको देवघाट गाउँपालिकाका पॉच जना कोरोना सङ्क्रमित निको भएका छन् । कोरोना सङ्क्रमण पुष्टि भएर २० दिनदेखि होम आइसोलेशनमा बसेका पॉच कोरोना सङ्क्रमित आइतबार निको भएका हुन् ।

    भरतपुर अस्पतालमा गरिएको परीक्षण अनुसार उनीहरुको रिपोर्ट नेगेटिभ आएको देवघाट गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख प्रदीपकुमार बुढाथोकीले जानकारी दिनुभयो । गाउँपालिकाले उनीहरु सहित होम क्वारेन्टिन र कन्ट्याक्ट ट्रेसिङबाट २५ जनाको स्वाब भदौ २६ गते पठाएको थियो । बुढाथोकीका अनुसार सबैको रिपोर्ट नेगेटिभ आएको छ ।