स्याङ्जामा एकैदिन ४८ फरार प्रतिवादी पक्राउ
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • गण्डकी

    स्याङ्जामा एकैदिन ४८ फरार प्रतिवादी पक्राउ

    खबरपुञ्ज संवाददाता

    ४ आश्विन २०७७, सोमबार

    स्याङ्जा : जिल्ला प्रहरी कार्यालय स्याङ्जाले एकैदिन ४८ फरार प्रतिवादी पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय र मातहत कार्यालयबाट खटिएको टोलीले कर्तव्यज्यान, हाडनाता करणी,लागुऔषध, सवारी ज्यान, चेक अनादर, अंशवण्डा ,सम्बन्ध विच्छेद, कुटपिट लुटपिट लगायतका विभिन्न मुद्धाका फरार रहेका ४८ जना प्रतिवादीहरूलाई पक्राउ गरी  सम्मानित स्याङ्जा जिल्ला अदालतमा उपस्थित गराएको हो ।

    जिल्ला प्रहरी कार्यालय स्याङ्जाद्धारा संचालित फरार प्रतिवादी पक्राउ अभियान अन्तर्गत विगत १ महिनामा विभिन्न मुद्धाका ८३ जना  फरार प्रतिवादीहरू पक्राउ परिसकेका छन् ।

    साथै उल्लेखित मध्यका हाडनाता करणी मुद्धामा २ वर्ष कैद तोकिई बिगत २३ बर्ष देखी फरार रहेका जिल्ला स्याङ्जा हरिनाश गाउँपालिका-५ बस्ने वर्ष ६४ को कर्ण बहादुर मह भन्ने कर्ण बहादुर भट्टक्षेत्री, सवारी ज्यान मुद्धामा २ वर्ष कैद तोकिई बिगत १५ बर्ष देखी फरार रहेका जिल्ला स्याङ्जा चापाकोट नगरपालिका-४ बस्ने वर्ष ४५ को भक्त सुनारी मगर र  डाँका चोरी मुद्धामा ६ वर्ष कैद तोकिई बिगत १० वर्ष देखी फरार रहेका जिल्ला स्याङ्जा हरीनास गाउँपालिका-१ बस्ने वर्ष ६२ को लाल बहादुर नाम्जाली लाई आफ्नै घरमा  लुकीछिपी बसेको अवस्थामा पक्राउ गरी सम्मानित स्याङ्जा जिल्ला अदालतमा पेश गरिएकोमा तिनै जना कैद भुक्तानको लागि कारागार कार्यालय स्याङ्जामा थुनामा रहेका छन् ।