सुआरेजले बार्सिलोना छाड्ने पक्का
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • खेलकुद

    सुआरेजले बार्सिलोना छाड्ने पक्का

    खबरपुञ्ज संवाददाता

    ४ आश्विन २०७७, सोमबार

    एजेन्सी : फरवार्ड लुइस सुआरेजले स्पेनिस क्लब बार्सिलोना छाड्ने पक्का भएको छ । यही समरमा क्लब छाड्नेबारे सुआरेज र बार्सिलोनाबीच सहमति भएको स्पेनिस अनलाइन मार्काले जनाएको छ ।

    क्याटलान क्लबसंग अझै एक वर्ष सम्झौता बाँकी रहेपनि नयाँ प्रशिक्षक रोनाल्ड कोएमनको योजनामा ठाउँ नपाएपछि सुआरेजले क्लब छाड्न लागेका हुन् । आरएसी वानका अनुसार सुआरेज अब फ्री एजेन्टका रुपमा उपलब्ध हुनेछन् र नयाँ प्रस्ताव पर्खिरहेका छन् ।

    केही समयअघि सुआरेज इटालियन क्लब युभेन्ट्स जाने चर्चा चलेको थियो । केही दिनपछि सुआरेजको बहिर्गमनको आधिकारिक घोषणा गरिने सम्भावना रहेको छ ।

    सन् २०१४ मा प्रिमियर लिग क्लब लिभरपुलबाट क्याम्प नोउ पुगेका सुआरेजले बार्सिलोनाका लागि १९८ गोल गरेका थिए । उनले ६ वर्षमा २०१५ को ट्रेबलसहित कूल १३ ट्रफी जिते । यस्तै सन् २०१६ मा ४० गोल गर्दै युरोपियन गोल्डेन बुटसमेत जितेका थिए ।

    बार्सिलोनाका लागि सर्वाधिक गोल गर्नेमा सुआरेज तेस्रो स्थानमा छन् । उनीअघि रहेका लिओनल मेसीले ६३४  र सेजारले २३२ गोल गरेका छन् ।