एजेन्सी : इंग्लिस प्रिमियर लिगमा म्यानचेस्टर सिटीले विजयी सुरुवात गरेको छ । नयाँ सिजनको पहिलो खेलमा वल्भ्सलाई ३–१ ले पराजित गर्दै सिटीले सहज जित निकालेकाे हाे ।
सोमबार राति भएको खेलमा घरेलु टोलीलाई खेलको सुरुवातदेखि नै दवावमा राख्दा सिटीले २०औं मिनेटमा पेनाल्टी गोलमार्फत अग्रता लिएको थियो । रोमेन सइसले पेनाल्टी बक्समा केचिन डि ब्रुयन माथि अनावश्यक ट्याकल हानेपछि प्राप्त पेनाल्टीमा ब्रयन आँफैले गोल गर्दै सिटीलाई अग्रता दिलाए ।
३१औं मिनेटमा फिल फोडेनले गोल गर्दै सिटीको अग्रता दोब्बर पारे । दोस्रो हाफको ७८औं मिनेटमा राहुज जिमिनेजले गोल गर्दै वल्भ्सका लागि गोल गरे । इन्ज्युरी समयको पाँचौ मिनेटमा जेससले गोल गर्दै सिटीका लागि तेस्रो गोल गरे । जितसँगै सिटीको ३ अंक जोडेको छ ।