फुड बैङ्कबाट ३ सय ८५ परिवारलाई खाद्यान्न
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • बन्दीपुर

    फुड बैङ्कबाट ३ सय ८५ परिवारलाई खाद्यान्न

    खबरपुञ्ज संवाददाता

    ५ आश्विन २०७७, मंगलवार

    तनहुँ : ‘हुनेले दिएर जाऔ : नहुनेले लिएर जाऔ’ भन्ने नारा सहित युनिटी ग्रुपले सञ्चालन गरेको फुड बैङ्कबाट ३ सय ८५ परिवारलाई खाद्यान्न सहयोग गरिएको छ । बन्दीपुर गाउँपालिका र भानु नगरपालिकामा सञ्चालन गरिएको फुड बैङ्कबाट विपन्न ३ सय ८५ परिवारलाई खाद्यान्न वितरण गरिएको ग्रुपले जनाएको छ ।

    ग्रुपको संयोजक विक्रम गुरुङका अनुसार डुम्रेमा तीन दिन, नारेश्वारमा तीन दिन र सालबिस्नेमा एक दिन गरी एक हप्ता फुड बैङ्क सञ्चालन गरिएको थियो । फुड बैङ्कबाट कोभिड-१९ का कारण रोजगारी गुमाएका मजदुर, अपाङ्गता भएका व्यक्ति, वृद्धवृद्धा लगायतलाई सहयोग गरिएको गुरुङले जानकारी दिनुभयो ।

    फुड बैङ्क मार्फत् प्रति परिवारलाई चार किलो चामल, एक किलो दाल, एक पोका नून र सोयाबिन प्रदान गरिएको छ । ग्रुपमा आबद्ध सदस्यहरुबाटै रकम सङ्कलन गरी फुड बैङ्क सञ्चालन गरिएको थियो ।