अन्तर-विद्यालय लिगको तयारीमा एन्फा
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • खेलकुद

    अन्तर-विद्यालय लिगको तयारीमा एन्फा

    खबरपुञ्ज संवाददाता

    ५ आश्विन २०७७, मंगलवार

    काठमाडौं : अखिल नेपाल फुटबल संघ (एन्फा)ले अन्तर विद्यालय लिग फुटबलमा सहभागिता जनाउनका लागि विद्यालयहरुलाई आह्वान गरेको छ।

    एन्फाले मंसिरको दोस्रो साताबाट सुरु हुने गरी विद्यालय लिग फुटबल प्रतियोगितामा सहभागि हुन विद्यालयहरुलाई आह्वान गरेको छ। तर यसमा काठमाडौं उपत्यकाका तीन र काभ्रे जिल्लाका विद्यालयहरुले मात्रै प्रतियोगितामा सहभागी हुन पाउने छन्। त्यस्तै, यो प्रतियोगितामा १५ वर्ष मूनिका खेलाडीहरु हुनु पर्ने छ।

    एन्फाले सूचना जारी गर्दै १५ वर्ष मूनिको यो प्रतियोगितामा विभिन्न मापदण्ड तोकेको छ। प्रत्येक विद्यालयको ३५ देखि ५० मिटरको चौडाई र ७० देखि १०० मिटरको लम्बाई भएको मैदान हुनुपर्ने छ। विद्यालयको आफ्नै यू–१५ टिम हुनु पर्नेछ। जसमा कम्तिमा २३ र बढिमा ३० खेलाडी हुनुपर्ने उल्लेख गरेको छ।