नेपाल क्रिकेट संघको साधारणसभा तोकियो
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • खेलकुद

    नेपाल क्रिकेट संघको साधारणसभा तोकियो

    खबरपुञ्ज संवाददाता

    ५ आश्विन २०७७, मंगलवार

    चितवन : नेपाल क्रिकेट संघ (क्यान) को साधारण सभा असोज २८ गते हुने भएको छ । क्यानको मंगलबार चितवनमा बसेको बोर्ड बैठकले साधारण सभा २८ गते गर्ने निर्णय गरेको हो । त्यसका लागि राष्ट्रिय खेलकुद परिषदबाट स्वीकृति लिने र सार्वजनिक सूचना प्रकाशित गर्ने निर्णय भएको एक पदाधिकारीले जानकारी दिनुभयो ।

    बैठकले राष्ट्रिय पुरुष र महिला टिमको केन्द्रीय सम्झौतामा पर्ने खेलाडीको सूची समेत सार्वजनिक गरेको छ । सूचीमा पुरुषतर्फ १८ जना र महिलातर्फ १९ खेलाडी छन् ।क्यानले पहिलो पटक महिला क्रिकेट खेलाडीको पनि केन्द्रीय सम्झौता गरेको हो ।

    खेलाडीलाई ए, बी र सी वर्गमा विभाजन गरिएको छ । ए मा पर्नेले मासिक ५० हजार, बी मा पर्नेले ४० हजार र सी मा पर्नेले ३० हजार रुपैयाँ सुविधा पाउनेछन् । महिला खेलाडी भने ए मा पर्नेले १५ हजार, बी मा पर्नेले १२ र सी मा पर्नेले १० हजार रुपैयाँ पाउनेछन् ।