जडिबुटी खोज्न जाँदा भीरबाट लडेर मुत्यु
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • गण्डकी

    जडिबुटी खोज्न जाँदा भीरबाट लडेर मुत्यु

    खबरपुञ्ज संवाददाता

    ६ आश्विन २०७७, बुधबार

    गोरखा : लेकमा जडिबुटी खोज्न जाने क्रममा भीरबाट लडेर गोरखामा एक युवकको मृत्यु भएको छ । धार्चे गाउँपालिका–२ केरौजाका अन्दाजी ३८ बर्षीय मनिरक्ष गुरुङको ज्यान गएको गाउँपालिका अध्यक्ष सन्तोष गुरुङले जानकारी दिनुभयाे ।

    ‘भदौ ५ गते भीरबाट लडेर मरेको रहेछ,’ उहाँले भन्नुभयाे, ‘मलाई हिजोमात्र जानकारी आयो अनि प्रहरीलाइ खबर गरेँ ।’ अहिले घटनास्थलतर्फ प्रहरी गइरहेको एसपी सुरेन्द्रबहादुर गुरुङले बताउनुभयाे ।

    गाउँपालिका अध्यक्ष गुरुङका अनुसार जडिबुटी खोज्न केही दिनअघि उनीसहितको समूह लेक गएको थियो ।