लकडाउनले पोखरामा जन्माएको बरदान अनलाइन स्टोर
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • आर्थिक

    लकडाउनले पोखरामा जन्माएको बरदान अनलाइन स्टोर

    खबरपुञ्ज संवाददाता

    ८ आश्विन २०७७, शुक्रबार

    काठमाडौ : लकडाउनको अवधिमा शुरु भएको बरदान अनलाइन स्टोरले पोखरामा लकडाउन भएपछिको विषम परिस्थितिमा खाद्यान्नदेखिे अति आवश्यक वस्तुको होम डेलिभरी शुरु गर्यो । बरदानले पोखराबाट शुरु गरेको व्यवसाय छोटो समयमै राम्रो लोकप्रियता पाएपछि लकडाउन अवधिमै चितवनमा पनि सेवा बिस्तार गरेर होमडेलिभरी शुरु भएको थियो।

    लकडाउन शुरु भएसँगै वैशाखबाट होम डेलिभरी सेवा दिन थालेको स्टोरका कर्याकारी प्रमुख सन्जिब पौडेलले बताउनुभयो । ‘अहिले पोखरामा मात्रै ५ हजार उपभोक्ताले सेवा लिइरहेका छन्,’ उहॉले भन्नुभयो, ‘छिटै काठमाडौं र बुटवलमा पनि शुरु गर्ने योजना छ। बरदान उपत्यका बाहिर सञ्चालन भई आक्रमक व्यापार गरिरहेको पहिलो अनलाइन स्टोर हो।’

    बरदानले पोखरा र चितवनमा आफ्नो कार्यालयको १५ किलोमिटरको दायरमा रहेका उपभोक्तालाई निशुल्क होम डेलिभरी सेवा दिइरहेको उहॉले जानकारी दिनुभयो । बरदानले स्वदेशी सामानलाई मुख्य प्राथमिकतामा राखी बाह्य सामान पनि होम डेलिभरी गरिरहेको छ । लकडाउन अवधिमा शुरु भएको बरदान स्टोरले हालसम्म २० जनालाई प्रत्यक्ष रोजगारी दिइरहेको छ।

    बरदानमा सपिङ गर्न आधिकारिक वेबसाइट (bardanstore.com)मा आफुले चाहेको सामान अर्डर गर्न सकिन्छ। साथै ९८०२८४११२२ मा फोन गरेर पनि अर्डर टिपाउन सकिन्छ। ग्राहकलाई अझै सजिलो होस् भनेर वरदानको आफ्नै मोबाइल एप पनि छिट्टै आउने निर्देशक बैभब पौडेलले बताउनुभयो ।
    बरदान स्टोरबाट सामान खरिद गरेपछि इ-सेवा, खल्ती, कनेक्ट आइपिएस, आएमई पे, बैकंका अन्य कार्डबाट पैसा तिर्न सकिनेछ । त्यस्तै सामान किनिसकेपछि नगद रुपैयाँ तिर्न सकिनेछ ।

    दशैंलाई लक्षित गर्दै बर्दानले विभिन्न छुट तथा आकर्षक उपहारहरु पनी छिटै बजारमा ल्याउदै छ ।हाल बरदान स्टोरले किराना, बच्चाकाको लागि खाना, सुरक्षा, चकलेट, सफा गर्न प्रयोग गरिने बस्तु, विद्युतीय सामाग्री, मोबाइल फोन, नेपाली तथा अङ्ग्रेजीका किताब, खानेकुरा, गर-गहना, घडि-चस्मा, भान्साका सामाग्रीहरुको होम डेलिभरी गरिरहेको छ। केही दिनमै मदिराको समेत बिक्रि सुरु गरिने पौडेलले बताउनुभयो ।