बाढी पहिरो पीडितलाई गाउँपालिकाको राहत
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • म्याग्दे

    बाढी पहिरो पीडितलाई गाउँपालिकाको राहत

    खबरपुञ्ज संवाददाता

    ८ आश्विन २०७७, शुक्रबार

    तनहुँ : तनहुँको म्याग्दे गाउँपालिकाले गत असार अन्तिम सातादेखि परेको वर्षापछि आएको बाढी पहिरोबाट पीडित भएकालाई राहत रकम प्रदान गरेको छ । गाउँपालिकाले सात वटै वडाका बाढी पीडितलाई शुक्रबार राहत रकम प्रदान गरेको हो ।

    गाउँपालिकाका अध्यक्ष मायादेवी राना, उपाध्यक्ष बालकृष्ण घिमिरे, प्रमुख प्रशासकीय अधिकृत नारायणप्रसाद अधिकारीले पहिरो पीडितलाई जनही रु पाँच हजारका दरले नगद र हरियो वनबाट प्राप्त त्रिपाल लगायतका जिन्सी सामग्री हस्तान्तरण गर्नुभयो ।

    पहिलो चरणमा राहत वितरणमा छुटेका ४० जनामध्ये २५ जनालाई शुक्रबार राहत वितरण गरिएको प्रमुख प्रशासकीय अधिकृत अधिकारीले बताउनुभयो । बाँकी १५ जनालाई आगामी दिनमा राहत वितरण गरिनेछ ।

    गाउँपालिकाका प्रशासन शाखा प्रमुख प्रदीप न्यौपानेले गत असार अन्तिम साता परेको वर्षापछि आएको बाढी पहिरोबाट पीडित भएकालाई राहत वितरण हुँदै आएको जानकारी दिनुभयो । उहाँका अनुसार केही व्यक्तिको क्षतिको विवरण सङ्कलनको क्रममै रहेको छ ।