तनहुँ : व्यास नगर उद्योग वाणिज्य सङ्घको अध्यक्षमा राजकुमार श्रेष्ठ निर्वाचित हुनुभएको छ । शनिबार सम्पन्न सङ्घको दोस्रो अधिवेशनबाट श्रेष्ठको अध्यक्षतामा नयॉ कार्यसमिति चयन भएको छ ।
सङ्घको उपाध्यक्षमा रश्मिला ताम्राकार, राम कुमार श्रेष्ठ, एकराम श्रेष्ठ, महासचिवमा बालहरि अधिकारी निर्वाचित हुनुभएको छ ।