व्यासमा तीन सहित तनहुँमा थपिए चार कोरोना सङ्क्रमित
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    व्यासमा तीन सहित तनहुँमा थपिए चार कोरोना सङ्क्रमित

    खबरपुञ्ज संवाददाता

    १२ आश्विन २०७७, मंगलवार

    तनहुँ : तनहुँको व्यास नगरपालिकामा तीन सहित जिल्लामा चार कोरोना सङ्क्रमित थपिएका छन् । स्वास्थ्य निर्देशनालयले मङ्गलबार दिउँसो सार्वजनिक गरेको विवरण अनुसार व्यास नगरपालिकाका तीन र म्याग्दे गाउँपालिकामा एक जनामा कोरोना सङ्क्रमण पुष्टि भएको हो ।

    व्यास नगरपालिका-७ का २१, व्यास नगरपालिका-४ का ४३, सोही वडाका ३० र म्याग्देका ३४ वर्षीय पुरुषमा सङ्क्रमण पुष्टि भएको स्वास्थ्य निर्देशक डा. विनोदविन्दु शर्माले जानकारी दिनुभयो ।

    यस्तै नवलपुरमा एक, गोरखामा तीन, स्याङ्जामा तीन र कास्कीमा १२ जना सङ्क्रमण पुष्टि भएको छ ।