जिपीका स्वास्थ्यकर्मीमा कोरोना देखिएपछि सेवा बन्द
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    जिपीका स्वास्थ्यकर्मीमा कोरोना देखिएपछि सेवा बन्द

    खबरपुञ्ज संवाददाता

    १४ आश्विन २०७७, बिहीबार

    तनहुँ : तनहुँको शुक्लागण्डकी नगरपालिका–५ बेलचौतारास्थित जिपी कोइराला श्वासप्रश्वास उपचार केन्द्रका स्वास्थ्यकर्मीलाई कोरोना पुष्टि भएपछि सेवा बन्द गरिएको छ । उपचार केन्द्रको ल्यावमा कार्यरत एक महिला स्वास्थ्यकर्मीलाई कोरोना सङ्क्रमण देखिएपछि आज (बिहीबार) देखि सेवा बन्द गरिएको हो ।

    उपचार केन्द्रका कार्यकारी निर्देशक डा. रामकुमार श्रेष्ठले अर्को सूचना प्रकाशित नभएसम्मका लागि केन्द्रबाट उपलब्ध हुने प्रशासनिक र आइसोलेशन बाहेकका अन्य सेवा बन्द गरिएको जानकारी दिनुभयो । उहाँका अनुसार ती स्वास्थ्यकर्मीको कन्ट्याक्टमा आएका सबैको स्वाब परीक्षण गर्ने तयारी गरिएको छ ।

    “अस्पतालका अधिकांश स्वास्थ्यकर्मी उहाँको सम्पर्कमा आउनुभएको छ, सबैको शुक्रबार स्वाब सङ्कलन गर्दैछौ,” डा. श्रेष्ठले भन्नुभयो, “पिसीआर रिपोर्ट आएपछि मात्रै सेवा सुचारु हुन्छ ।”