दसैंतिहार छुटको योजनासहित दमौलीमा ‘एभेन्जर १६० स्ट्रिट’ को बिक्री शुरु
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • आर्थिक

    दसैंतिहार छुटको योजनासहित दमौलीमा ‘एभेन्जर १६० स्ट्रिट’ को बिक्री शुरु

    खबरपुञ्ज संवाददाता

    १४ आश्विन २०७७, बिहीबार

    तनहुँ : बजाज मोटरसाइकलको दमौलीस्थित आधिकारिक विक्रेता जिएमटी अटोमोवाइल्सले बिहीबारदेखि ‘एभेन्जर १६० स्ट्रिट एबिएस’ को बिक्री शुरु गरेको छ । जिल्ला ट्राफिक प्रहरी कार्यालय तनहुँका प्रमुख रेशम रानाभाटले एक समारोहका बीच उक्त मोटरसाइकलको विक्री शुभारम्भ गर्नुभएको हो ।

    दशै र तिहारलाई लक्षित गरी विशेष छुटका साथ मोटरसाइकलको विक्री शुरुवात गरिएको अटोमोवाइल्सका प्रोपाइटर टिका गिरीले जानकारी दिनुभयो । उहॉका अनुसार रातो र कालो रङमा उपलब्ध उक्त मोटरसाइकलमा १३ लिटर पेट्रोल अटाउने क्षमता छ ।

    प्रतिलिटर ४० देखि ४५ किलोमिटर माइलेज रहेको मोटरसाइकलको बिक्री मूल्य ३ लाख १९ हजार ९ सय रुपैयाँ छ । उक्त मोटरसाइकलका लागि ५० प्रतिशत डाउन पेमेन्टमा शून्य ब्याजदरको किस्ताबन्दी सुविधासमेत रहेको अटोमोवाइल्सले जनाएको छ ।

    यसमा फुल एलईडी लाइट सेटअप, डिजिटल इन्स्ट्रुमेन्ट क्लस्टर, एबीएसजस्ता फिचर छन् ।