तनहुँ : तनहुँमा आइतबार बिहानसम्म ३ सय ६२ कोरोना सङ्क्रमित निको भएका छन् । जिल्लाका दश स्थानीय तहका ५८ महिला र ३ सय ४ पुरुष निको भएको जिल्ला स्वास्थ्य कार्यालय तनहुँले जनाएको छ ।
कार्यालय प्रमुख शङ्करबाबु अधिकारीका अनुसार भानु नगरपालिकाका ७८, व्यास नगरपालिकाका ५७, शुक्लागण्डकी नगरपालिकाका ३५, भीमाद नगरपालिकाका २०, म्याग्दे गाउँपालिकाका २७, घिरिङ गाउँपालिकाका ३०, ऋषिङ गाउँपालिकाका ६१, देवघाट गाउँपालिकाका १७, बन्दीपुर गाउँपालिकाका २८ र आँबुखैरेनी गाउँपालिकाका ९ जना सङ्क्रमित निको भएका छन् ।
जिल्लामा ४ सय ५९ जनालाई सङ्क्रमण भएकामा पाँच जनाको काठमाडौ र पोखरामा उपचारका क्रममा निधन भएको छ । अब जिल्लामा ९२ जना सक्रिय सङ्क्रमित छन् । भानु नगरपालिकामा ६, व्यास नगरपालिकाका २३, शुक्लागण्डकी नगरपालिकाका ३५, भीमाद नगरपालिकाका पाँच, म्याग्दे गाउँपालिकाका ६, घिरिङ गाउँपालिकाका चार, ऋषिङ गाउँपालिकाका दुई, देवघाट गाउँपालिकाका एक, बन्दीपुर गाउँपालिकाका तीन र आँबुखैरेनी गाउँपालिकाका सात सक्रिय सङ्क्रमित रहेको स्वास्थ्य कार्यालयले जनाएको छ ।