तनहुँ : तनहुँको व्यास नगरपालिकामा ९ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । प्रदेश जनस्वास्थ्य प्रयोगशालामा गरिएको परीक्षण अनुसार व्यास नगरपालिका–१, २, ५, ९ र ११ का छ पुरुष र तीन महिलामा कोरोना सङ्क्रमण पुष्टि भएको हो ।
स्वास्थ्य निर्देशनालयले जारी गरेको विवरण अनुसार व्यास नगरपालिका–१ का ३८, व्यास नगरपालिका–२ का ३४, ३६, व्यास नगरपालिका–५ का ३८, व्यास नगरपालिका–९ का ३६, ३५ वर्षीय पुरुषमा कोरोना सङ्क्रमण पुष्टि भएको छ । त्यस्तै व्यास नगरपालिका–९ का ६५, व्यास नगरपालिका–११ का ३८ र व्यास नगरपालिका–५ का ६७ वर्षीया महिलामा कोरोना सङ्क्रमण पुष्टि भएको छ ।
सङ्क्रमितमध्य पाँच जना भारतबाट आएका र चार जना स्थानीय रहेकाे व्यास नगरपालिका स्वास्थ्य शाखा प्रमुख प्रमाेद साेतीले जानकारी दिनुभयाे । उहाँका अनुसार व्यास नगरपालिका-१ का एक, व्यास नगरपालिका-९ का तीन र व्यास नगरपालिका-२ का एक जना भारतबाट आएका हुन् । व्यास नगरपालिका-५ का एक पुरुष बैङ्ककाे कर्मचारी हुन् भने अन्य तीन जना स्थानीय व्यक्तिहरु रहेकाे साेतीले जानकारी दिनुभयाे ।
आइतबार बिहान मात्रै क्षयरोग उपचार केन्द्रको परीक्षण अनुसार शुक्लागण्डकी नगरपालिकास्थित जिपी कोइराला श्वासप्रश्वास उपचार केन्द्रमा चिकित्सक, स्वास्थ्यकर्मी, सुरक्षागार्ड र कर्मचारी गरी पाँच जनामा सङ्क्रमण पुष्टि भएको थियो ।