बाजेको सेकुवामा कस्मोपोलिटियन सेफ कुमार चालिसे आबद्ध
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • आर्थिक

    बाजेको सेकुवामा कस्मोपोलिटियन सेफ कुमार चालिसे आबद्ध

    खबरपुञ्ज संवाददाता

    १७ आश्विन २०७७, आईतवार

    काठमाडौं : राष्ट्रिय तथा अन्तर्राष्ट्रिय फ्राञ्चाइजको आक्रामक विस्तारको योजना बनाएको बाजेको सेकुवामा सेफ कुमार चालिसे आवद्ध भएका छन् । खानाहरुलाई थप गुणस्तरीय बनाउन र विभिन्न स्वादका नेपाली परिकारको विकास गर्ने उद्धेश्य सहित सेफ चालिसेलाई आवद्ध गराएको बाजेको सेकुवाका सन्चालक चेतन भन्डारीले बताउनुभयो ।

    ‘कर्पोरेट सेफ’का रुपमा विगत २२ वर्ष देखी खाना तथा आतिथ्य क्षेत्रमा संलग्न चालिसे असोज १५ गतेदेखि बाजेको सेकुवामा आवद्ध हुनुभएको हो । उहॉले विगतमा पनि बाजेको सेकुवासँग परामर्शदाताका रुपमा आवद्ध भइ झानेको सेकुवा सेट, झोल मम, मटन पक्कु लगायतका खानाको विकासमा मद्धत गर्नुभएको थियो ।

    सेफ चालिसेले ‘प्रथम नेपाली कस्मोपोलिटियन सेफ’, २०१३ मा मकाउमा ‘उत्कृष्ट प्रदर्शन अवार्ड’ र २०१७ मा नेपालमै ‘उत्कृष्ट सेफ अवार्ड’ बाट सम्मानित हुनुभएको थियो । सेफ चालिसेले आगामी फ्राञ्चाइजहरुमा ट्रेनिङ, किचेन सेटअप, नयाँ खाना विकास लगायतका कार्यहरुमा नेतृत्व गर्ने भन्डारीले बताउनुभयो । ‘यसले फ्राञ्चाइजहरुमा गुणस्तरीय खाना तथा स्वच्छतामा एकरुपता आउने छ,’ उहॉले भन्नुभयो ।

    बाजेको सेकुवाको उत्तर अमेरीकी महादेशमा (न्यू योर्क र डालास) रहेको फ्राञ्चाइजमा कर्पोरेट सेफका रुपमा सुरेन्द्र रायमाझी आबद्ध हुनुहुन्छ । आगामी दिनमा दुवै सेफहरुको सहकार्यमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय फ्राञ्चाइजहरु विस्तार हुने कम्पनीले जनाएको छ ।

    त्यस्तै बाजेको सेकुवाले कोभिड १९ लाई मध्यनजर गरी ‘बाजेको फ्रेस’ योजना ल्याएको छ । बाजेको सेकुवाले स्वच्छ खसीे, कुखुरा, लोकल कुखुरा, हाँस, बँदेल, माछाका विभिन्न परीकारहरु ग्राहकहरुको घरमै पुर्याउने उद्धेश्यले यो योजना ल्याएको हो । त्यस्तै २४ सै घण्टा ग्राहकलाई सेवा दिने योजना सहित ‘क्लाउड किचेन’ सञ्चालनमा ल्याउन लागेको छ ।