सुकु परियार मृत्युकाण्ड : श्रीमान् र देवर पुर्पक्षका लागि थुनामा
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    सुकु परियार मृत्युकाण्ड : श्रीमान् र देवर पुर्पक्षका लागि थुनामा

    खबरपुञ्ज संवाददाता

    १८ आश्विन २०७७, सोमबार

    तनहुँ : तनहुँको व्यास नगरपालिका–१० शेवरमा डेरा गरी बस्ने २१ वर्षीया सुकु परियार गुरुङको मृत्युकाण्डमा उनका श्रीमान् र देवर पुर्पक्षका लागि थुनामा गएका छन् । जिल्ला अदालत तनहुँले मृतकका श्रीमान् नवराज गुरुङ र देवर शिशिर गुरुङलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको थियो ।

    नवराजलाई जिल्ला कारागार र शिशिरलाई नाबालक भएकाले बालसुधार गृहमा पठाइएको प्रहरी उपरिक्षक अरुण पौडेलले जानकारी दिनुभयो । गत भदौ २६ गते देवरसँग झगडा परेपछि सुकु कोठाभित्र झुण्डिएको अवस्थामा फेला परेकी थिइन् । लगत्तै प्रहरीले दुवै जनालाई पक्राउ गरेको थियो । उनीहरुविरुद्ध प्रहरीले कर्तव्य ज्यान मुद्दा दर्ता गरेको थियो । पीडित परिवारले सुकुको हत्या भएको बताउँदै आएका छन् ।