तोलाको ८ सयले बढ्यो सुन
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • आर्थिक

    तोलाको ८ सयले बढ्यो सुन

    खबरपुञ्ज संवाददाता

    १९ आश्विन २०७७, मंगलवार

    काठमाडौं : नेपाली बजारमा मंगलबार सुनको मूल्य बढेको छ । अघिल्लो दिन प्रतितोला ९४ हजार १ सयमा कारोबार भएको छापावाल सुनको मूल्य आज ९४ हजार ९ सय रुयैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएको छ ।

    यस्तै तेजाबी सुन पनि ८ सयले नै महँगो बनेर प्रतितोला ९४ हजार ४ सय रुपैयाँमा किनबेच भइरहेको छ । चाँदीको मूल्य पनि प्रतितोला २० रुपैयाँले बढेर १२ सय रुपैयाँ पुगेको छ ।