तनहुँमा पुनः थपिए दुई सङ्क्रमित
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    तनहुँमा पुनः थपिए दुई सङ्क्रमित

    खबरपुञ्ज संवाददाता

    १९ आश्विन २०७७, मंगलवार

    तनहुँ : तनहुँमा पुनः दुई कोरोना सङ्क्रमित थपिएका छन् । मङ्गलबार बिहान मात्रै व्यास नगरपालिकामा दुई जना कोरोना सङ्क्रमित थपिएकामा व्यास र देवघाटमा फेरि दुई जनामा सङ्क्रमण पुष्टि भएको छ ।

    स्वास्थ्य निर्देशनालयले दिउँसो १२ः१५ बजे सार्वजनिक गरेको विवरण अनुसार व्यास नगरपालिका–१ की ३० वर्षीया महिला र देवघाट गाउँपालिका–५ का ३८ वर्षीया महिलामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । व्यासकी महिला पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान पोखराको फिभर क्लिनिकबाट पहिचान हुनुभएको हो ।

    त्यस्तै कास्कीमा ६, स्याङ्जामा एक, नवलपुरमा ११ र गोरखामा एक जना सङ्क्रमित थपिएका छन् । योसँगै गण्डकी प्रदेशमा कोरोना सङ्क्रमितको सङ्ख्या ४ हजार २ सय ६४ पुगेको स्वास्थ्य निर्देशक डा. विनोदविन्दु शर्माले जानकारी दिनुभयो ।