‘व्यवसायीले स्वास्थ्य मापदण्ड अपनाएनन्, मूल्यसूची राखेनन्’
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    ‘व्यवसायीले स्वास्थ्य मापदण्ड अपनाएनन्, मूल्यसूची राखेनन्’

    खबरपुञ्ज संवाददाता

    १९ आश्विन २०७७, मंगलवार

    तनहुँ : तनहुँको व्यास नगरपालिकाभित्रका व्यवसायीले स्वास्थ्य सुरक्षा मापदण्ड नअपनाएको पाइएको छ । कोरोना जोखिम बढ्दै जॉदा पनि व्यवसायीले स्वास्थ्य सुरक्षा मापदण्ड नअपनाएको व्यास नगरपालिकाले जनाएको छ ।

    व्यवसायीले पसलमा मूल्यसूची नराखेको, बिना पसल दर्ता पसल सञ्चालन गरेको, फुटपाथमा सामान राखी पैदलयात्रुहरुको आवागमनमा अवरोध पुर्याएको व्यास नगरपालिकाले जनाएको छ ।

    त्यस्तै विक्री गर्ने सामानहरुमा उत्पादन मिति र उपभोग्य मिति नभएको सामान बिक्री गरेको, खरिद गरेको मूल्य भन्दा तीन सय प्रतिशत भन्दा बढीसम्म नाफा खाएर सामान बिक्री गरेको, व्यापारिक अनूमति पत्रमा उल्लेख भएभन्दा फरक सामानहरु बिक्री गरेको नगरपालिकाले मङ्लबार जारी गरेको विज्ञप्तीमा उल्लेख गरिएको छ ।

    नगरपालिकाले सबै मापदण्ड अनिवार्य रुपमा पूरा गरेर मात्र व्यापार व्यवसाय सञ्चालन व्यवसायीलाई सचेत गराएको़ छ ।