तनहुँ : तनहुँको व्यास नगरपालिका–४ का सात वर्षीय बालक अपहरण गरेको अभियोगमा एक महिला पक्राउ परेकी छन् । सात वर्षीय बालक दिप्सन श्रेष्ठको अपहरण गरेको अभियोगमा प्रहरीले सविता परियारलाई दमौलीबाट बुधबार पक्राउ गरेको हो ।
पोखरा बहुमारा माइत भएकी परियारले मङ्गलबार बालकलाई घर नजिकै खेल्दै गरेको अवस्थामा अपहरण गरेको प्रहरीले जनाएको छ । प्रहरी नायब उपरिक्षक युवराज तिमिल्सिनाले घटनाको प्रकृति हेर्दा अपहरण गरेको जस्तो देखिएको जानकारी दिनुभयो । “परिवारले जानकारी गराए लगत्तै खोजीकार्य तीव्र पारेका थियौ, पोखराबाट दमौलीतर्फ आउँदै गर्दा प्रहरी कार्यालय अगाडी नै उनलाई पक्राउ ग¥यौ,” उहाँले भन्नुभयो, “बालकलाई आफन्तको जिम्मा लगाइएको छ ।”
परिवारको तर्फबाट जाहेरी कसरी आउँछ सोही अनुसार थप कारवाही प्रक्रिया अगाडी बढाइने प्रहरीले जनाएको छ ।