तनहुँ : तनहुँको व्यास नगरपालिकामा पाँच जना कोरोना सङ्क्रमित थपिएका छन् । प्रदेश जनस्वास्थ्य प्रयोगशालामा गरिएको परीक्षणमा व्यास नगरपालिका–२, ३ र ४ का चार पुरुष र एक महिलामा कोरोना सङ्क्रमण पुष्टि भएको हो ।
स्वास्थ्य निर्देशनालयले जारी गरेको विवरण अनुसार व्यास नगरपालिका–२ का ४२, ५५, व्यास नगरपालिका–३ का ३४, व्यास नगरपालिका–४ का ३२ वर्षीय पुरुष र व्यास नगरपालिका–३ का २४ वर्षीया महिलामा कोरोना सङ्क्रमण पुष्टि भएको छ ।
कोरोना सङ्क्रमित सबै कन्ट्याक्ट ट्रेसिङबाट पहिचान भएका हुन् । सङ्क्रमितमध्य एक जना औषधी व्यवसायी हुनुहुन्छ भने एक जना बैङ्कका कर्मचारी हुनुहुन्छ ।