लायन्स क्लवद्वारा शैक्षिक र स्वास्थ्य सामग्री वितरण
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • म्याग्दे

    लायन्स क्लवद्वारा शैक्षिक र स्वास्थ्य सामग्री वितरण

    खबरपुञ्ज संवाददाता

    ५ असाेज, २०८१

    तनहुँ : लायन्स क्लव अफ तनहुँ म्याग्देले पसले आधारभूत विद्यालयका विद्यार्थीलाई शैक्षिक र स्वास्थ्य सामग्री वितरण गरेको छ । कोभिड–१९ को जोखिम कायमै रहेका बेला सञ्चालनमा आएका विद्यालयमा अध्ययनरत विद्यार्थीलाई क्लवले शुक्रबार शैक्षिक सामग्री वितरण गरेको हो ।

    क्लवका अध्यक्ष भीमलाल श्रेष्ठका अनुसार विद्यालयलाई मास्क र स्यानीटाइजर समेत उपलब्ध गराइएको छ । सो अवसरमा ६ जना विद्यार्थीलाई किताब, कापी, कलम, २० जनालाई कापी कलम र १ सय १० जनालाई पुग्ने बिस्कुट, मास्क र स्यानीटाईजर उपलब्ध गराइएको छ ।

    कार्यक्रममा क्लवका डिष्ट्रिक एड्भाइजर सन्तोष घिमिरे, वडाध्यक्ष श्रीबहादुर थापा लगायतले क्लवको कार्यको प्रशंसा गर्नुभयो ।