बन्दीपुर र शुक्लागण्डकीमा थपिए ११ कोरोना सङ्क्रमित
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    बन्दीपुर र शुक्लागण्डकीमा थपिए ११ कोरोना सङ्क्रमित

    खबरपुञ्ज संवाददाता

    ५ असाेज, २०८१

    तनहुँ : तनहुँको बन्दीपुर र शुक्लागण्डकी नगरपालिकामा ११ जना कोरोना सङ्क्रमित थपिएका छन् । क्षयरोग उपचार केन्द्र पोखरा र पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको परीक्षण अनुसार बन्दीपुर गाउँपालिकाका पाँच र शुक्लागण्डकी नगरपालिकाका ६ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको हो ।

    स्वास्थ्य निर्देशनालयले शुक्रबार दिउँसो सार्वजनिक गरेको विवरण अनुसार बन्दीपुर गाउँपालिका–१ का ४२, १८ वर्षीय पुरुष, २२ वर्षीया महिला र ३ वर्षीया बालिकामा सङ्क्रमण पुष्टि भएको छ । त्यस्तै बन्दीपुर गाउँपालिका–२ का २३ वर्षीया महिलामा पनि कोरोना पुष्टि भएको छ ।

    शुक्लागण्डकी नगरपालिका–४ का ३२ र शुक्लागण्डकी नगरपालिका–५ का ३२ वर्षीय पुरुष, सोही वडाका ३२ वर्षीया महिला, शुक्लागण्डकी नगरपालिका–६ का ४१ वर्षीय पुरुष, शुक्लागण्डकी नगरपालिका–८ का २३ वर्षीय पुरुषमा सङ्क्रमण पुष्टि भएको छ । पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको परीक्षणमा शुक्लागण्डकी नगरपालिका–५ का ३९ वर्षीय पुरुषमा सङ्क्रमण पुष्टि भएको निर्देशनालयले जनाएको छ ।